तेल्हा पोखरीमा डुबेर दर्शनार्थीको मृत्यु

डिसी नेपाल
२० साउन २०८३ ९:४८

जनकपुरधाम। जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर एक भारतीय दर्शनार्थीको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारतको बिहार राज्यस्थित हाजीपुर निवासी २० वर्षीय आदर्शकुमार झा रहेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार मंगलबार राति झा अचानक पोखरीमा डुबेका थिए।

पोखरीमा डुबेको देखेपछि स्थानीय युवाले तत्काल उनको उद्धार गरी उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुर्‍याएका थिए। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाको वास्तविक कारण खुल्न बाँकी रहेकाले प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

जानकी मन्दिर दर्शनका लागि आएका झाको असामयिक निधन भएपछि घटनाले स्थानीय क्षेत्र तथा दर्शनार्थीबीच दुःख व्यक्त गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *