सभापति देउवाद्वारा दुःख व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य मधु आचार्यकी माता तथा राष्ट्रियसभाका सांसद कमला पन्तकी सासूआमा मिठु आचार्यको निधनप्रति दुःख व्यक्त गरेका छन्। मिठु आचार्यको यही असार ६ गते भएको निधन भएको हो।
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। देशको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेकी आचार्यको निधनबाट पार्टीलाई अपूरणीय क्षति भएको बताएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment