क्रोएसिया पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं । क्रोएसिया पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेक गाउँपालिका–३ घर घइ काठमाडौं नागार्जुन बस्दै आएका ४२ वर्षीय सुवर्ण कुमार बल छन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो।
उनले क्रोएसिया पठाउने भन्दै ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ। पक्राउ परेका उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment