अध्यक्ष ओलीले तिरे एमालेको लेबी
ललितपुर । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन्।
सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफै पुगेर आर्थिक दायित्व तिरेको हो।
अध्यक्ष ओलीलाई केन्द्रीय कार्यलयका सचिव डा. भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाएको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment