एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
काठमाडौं । नेकपा एमालेले साउन ५ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ। बुधबार केन्द्रीय पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले साउन ५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो।
केन्द्रीय कमिटीको बैठक अघि साउन २ गते पोलिटव्युरो बैठक बस्ने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गते सनराइज हल गोदावरीमा गर्ने निर्णय भएको उनले बताए। उनले भने,‘विधान महाधिवेशनमा तीन वटा दस्ताबेज प्रस्तुत हुनेछ। राजनीतिक प्रस्ताव पार्टी अध्यक्ष, विधान प्रस्ताव उपाध्यक्ष विष्णु पौडेल र संगठनात्मक प्रस्ताव महासचिवले प्रस्तुत गर्नुहुनेछ।’
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment