सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारीः एमाले

डिसी नेपाल
११ असार २०८२ १८:५९
16
Shares

काठमाडौं। नेकपा (एमाले) को बुधबारको केन्द्रीय सचिवालयको बैठकले वर्तमान सरकारको एक वर्षको अवधिलाई सन्तोषजन, सफल र प्रभावकारी भएको मूूल्यांकन गरेको छ।

प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भएको बैठकमा मुलुकमा स्थिरता र सुशासनको लक्ष्यका साथ ठुुला दलको सहभागितामा गठित सरकारले स्थिरता कायम गर्दै आफ्नो गन्तव्यमा प्रभावकारिता वृद्धि गर्दै लगेको निष्कर्ष निकालेको हो।

एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले सुशासन र सेवा प्रवाहका क्षत्रमा ध्यान दिनुुपर्नेमा जोड दिइएको बताउँदै दैलेखमा मिथेन ग्यासको उत्खननको प्रारम्भिक प्रतिवेदन आउनुुलगायतका काम थप उपलब्धिका विषय भएको निचोड निकालेको जानकारी दिए।

साथै, उनले नेकपा एमालेले स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमल्सिनालाई ६ महिनाका लागि गरिएको निलम्बन पनि फुकुवा गरेको बताए। २०८१ पुस १० गतेको सचिवालय बैठकले दुवैजनालाई जिम्मेवारीबाट हटाउँदै ६ महिनाका लागि निलम्बन गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *