इटाली र जर्मनी भ्रमणमा जाँदै परराष्ट्रमन्त्री राणा

डिसी नेपाल
१२ असार २०८२ १४:३७
188
Shares

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले इटाली र जर्मनी भ्रमणमा जाने भएकी छन्। यही असार ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनको इटाली र जर्मनी भ्रमण स्वीकृत गरेको छ।

परराष्ट्रमन्त्री राणा असार १३ गतेदेखि २९ गतेसम्म रोममा आयोजना हुने ‘एफएओको ४४औं सम्मेलन’मा सहभागी हुन इटाली जान लागेकी हुन्।

यस्तै, लगानी बोर्ड नेपालले आयोजना गर्ने लगानी प्रवर्द्धनसम्बन्धी कार्यक्रममा सहभागी हुन उनी जर्मनी प्रस्थान गर्ने छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *