संसदीय समितिमा न्यायाधीशहरू विरुद्ध परेको उजुरीबारे छलफल
काठमाडौं । बिहीबार संसदीय सुनुवाइ (संयुक्त) समितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुका सम्बन्धमा परेका उजुरीहरु खोल्ने र समितिका सदस्यहरुलाई कार्ययोजना वितरण गर्ने काम भएको छ।
समितिको बैठकमा सभापति ईश्वरी न्यौपानेले प्रस्तावित न्यायाधीशहरू विरुद्ध परेको उजुरीबारे जानकारी दिदैँ उक्त उजुरीहरुमाथि छलफल गरिएको हो।
सोही क्रममा समिति सभापति ईश्वरी न्यौपानेले समितिमा ५ वटा व्यक्ति केन्द्रित र दुई वटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएको जानकारी दिइन्।
१५ गते आइतबार प्रस्तावित न्यायाधीशहरूसँग सुनुवाइ गर्ने निर्णय पनि समितिको सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन जनाविरुद्ध सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा सात उजुरी परेका छन्।
बैठकमा सचिवालयबाट तयार गरिएको प्रस्तावित कार्यतालिका परिमार्जन सहित पारित भएको घोषणा पनि गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment