संघीय सरकारको समन्वय बिना नै प्रदेशमा काउन्सिलहरू स्थापना गरिएको छ : प्रवक्ता खनाल
काठमाडौं । प्रेस काउन्सिलका प्रवक्ता दिपक खनालले संघीय सरकारको समन्वय बिना नै प्रदेशमा काउन्सिलहरु स्थापना गरिएको बताएका छन्।
शनिबार प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको संयुक्त आयोजनामा अनलाइन सञ्चारमाध्यममा पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्था विषयक अन्तरक्रियामा बोल्दै उनले प्रदेशका काउन्सिललाई संघले हेर्न सके समस्या कम हुने बताएका हुन्।
उनले भने, ‘प्रदेशमा काउन्सिलहरु बनेका छन् तर समन्वय बिना नै बनेका छन्। यो समन्वय गर्न सकेको भए काउन्सिलले यहाँबाट हेर्ने र प्रदेशमा तत् तत् ठाउँबाट हेर्ने अवस्था भएको भए समस्या कम हुन्थ्यो कि जुम्ला, हुम्ला, दार्चुलादेखी काठमाडौं आउछन्। यसमा नीतिगतरुपमा उपायहरु आउन सक्छन्।’
उनले बलियो र बिस्तारित काउन्सिलको आवश्यकता रहेको पनि बताए। उनले पत्रकार दिलभुषण पाठकले आफ्नो च्यानल सूचना विभागमा दर्ता गरेको र स्वतन्त्र पत्रकारको पास लिएको पनि जानकारी दिए।
‘हामीले सूचना विभागमा सोध्यौ दिलभुषण जी को दर्ता छ कि छैन भनेर दर्ता छ भन्ने सुचना आयो उहाँले पत्रकारमा पनि स्वतन्त्र पत्रकारको पास लिनुभएको जफाव आयो। प्रहरीले अनुसन्धान गरिरहेको भन्ने जफाव पछि त्यही अनुसार काम गरिरहेका छौ,’ उनले भने।
यस्तै, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पछिल्लो समय आएका समस्याहरुमा काउन्सिल जवाफदेही हुनुपर्ने बताएकी छन्। उनले काउन्सिलका साथै महासंघ पनि जिम्मेवार हुने समय आएको भन्दै काउन्सिलले कार्यविधि र आचासंहिता बनाउदा महासंघसँग समन्वय गर्नुपर्ने बताइन्।







डिसी नेपाल








Facebook Comment