खेल र चलचित्र क्षेत्रको विकासलाई महत्व दिँदै आएको छुः अध्यक्ष प्रचण्ड

डिसी नेपाल
१३ असार २०८२ १९:०४
36
Shares

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलचित्र विधेयक २०८१ माथिको पुनरवलोकनका लागि सरोकारवालासँग छलफल गरेका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित छलफलमा राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिका सदस्यहरू, चलचित्रकर्मी संघ तथा अन्य सरोकारवाला सहभागी थिए।

कार्यक्रममा अध्यक्ष दाहालले चलचित्र विधेयकको संवेदनशीलता बुझेर अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले राजनीतिक नेतृत्वले खेल र चलचित्र जस्ता विषयमा ध्यान कम दिने गरेको उल्लेख गर्दै आफूले खेल र चलचित्र क्षेत्रलाई महत्व दिएर अगाडि बढाउन प्रयास गर्दै आएको बताए। ‘म प्रधानमन्त्री भएपछि खेल र चलचित्र क्षेत्रको विकासमा राज्यको ध्यान जानुपर्छ भनेर महत्व दिँदै आएको छु’, उनले भने।

चलचित्र क्षेत्रलाई मनोरञ्जनको मात्र विषय नभई समाज रूपान्तरणको साधनका रूपमा पनि लिनुपर्ने उनको धारणा थियो। ‘कतिपय चलचित्रले समाजमा सोच र विचारमै परिवर्तन ल्याएका छन्, चलचित्र कालजयी पनि हुन्छन्’, उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.