अध्यक्ष दाहालद्वारा एसइई उत्तीर्ण विद्यार्थीलाई बधाई ज्ञापन

डिसी नेपाल
१३ असार २०८२ २२:०९
56
Shares

काठमडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा प्राप्त गरी सफलतापूर्वक उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई ज्ञापन गरेका छन्।

आज राति नतिजा सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत अध्यक्ष दाहालले विद्यार्थीहरूको मेहिनत, लगनशीलता र दृढ संकल्पमा साथ दिने शिक्षक/शिक्षिका र अभिभावकजनप्रति पनि विशेष आभार प्रकट गरेका छन्।

उनले अपेक्षित नतिजाबाट वञ्चित विद्यार्थीहरूलाई निराश नहुन आग्रहसहित आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्। अध्यक्ष दाहालले भने, ‘राष्ट्र निर्माण र समृद्धिका लागि आजको उपलब्धिले प्रेरणा मिलोस् भन्ने कामनासहित तपाईंहरू सबैको उज्जवल भविष्यको शुभेच्छा व्यक्त गर्दछु।’

यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन्। गतवर्ष ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *