संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दै
काठमाडौं। संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ।
शनिबार प्रतिनिधि सभा अन्तरगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो।
आज बिहान ११ बजे बस्न लागेको विधायन व्यवस्थापन समितिको बैठकमा ‘भन्सार विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ।
यस्तै, दिउसो १ बजे बस्न लागेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन’ माथि छलफल गर्ने कार्यसूची रहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment