मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा लिएर जान चाहान्छौंः शंकर पोखरेल

डिसी नेपाल
१४ असार २०८२ ९:५६
80
Shares

काठमाडौं। नेकपा एमालेका महासचिव शंखर पोखरेलले मिसन ८४ को माध्यमबाट मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा लिएर जान खोजेको बताएका छन्।

जननेता मदन भण्डारीको ७४ औं जन्म जयन्तीको अवसरमा शनिबार काठमाडौंमा आयोजित पद यात्रा कार्यक्रममा उनले समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्न पार्टी अगाडि बढेको भन्दै त्यसका लागि मिसन ८४ महत्वपूर्ण भएको बताए।

उनले भने, ‘हामीले अहिले समृद्ध नेपाल सुखी नेपालीको आकांक्ष पूरा गर्नका लागि पार्टीलाई अगाडि बढाई रहेका छांै। मिसन ८४ पनि एउटा महत्वपूर्ण कडि हो जसको माध्यमबाट हामी मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा लिएर जान चाहान्छौ।’

नेपालको भविष्य उज्यालो छ र त्यो भविष्यको निर्माण जनताको बहुदलिय जनवादबाट हुने पनि उनको भनाई छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.