भोटेकोशीमा भएको बालिका बलात्कारको घटनालाई गम्भीरतापूर्वक लिन माग

डिसी नेपाल
१४ असार २०८२ १३:११
148
Shares

काठमाडौं । नेकपा माओवाद (केन्द्र)का नेता माधव सापकोटाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा भएको बालिका बलात्कारको घटनामा संलग्नलाई हदैसम्मको कारवाहीको माग गरेका छन्।

शनिबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले घटनामा संलग्न पाँच जनालाई नियन्त्रण लिन सफल भएको प्रहरी उपरिक्षक रामेश्वर कार्कीसहित नेपाल प्रहरीलाई आभार व्यक्त गर्दै यो घटनालाई गम्भिरतापूर्वक लिन सरकारलाई आग्रह समेत गरेका हुन्।

उनले भने, ‘बालिका बलात्कारको घटनामात्र होइन समाजमा कस्तो प्रकारको अपराधिक मानसिकता छ भन्ने कुरा देखिन गएको छ। यसलाई निकै गम्भिरतापूर्वक लिन जरुरी छ। दोषीलाई अधिकतम प्रकारको कारवाही गर्ने र पीडित परिवारलाई शिघ्र राहत र न्यायिक सहायता एवम मनोवैज्ञानिक परामर्शकालागि वातावरण बनाउने र यस्ता घटनाहरु पूर्नरावृत्ति हुन नदिनको लागि प्रभावकारी उपाय अपनाउन अनुरोध छ।’

उनले थप भने,‘यो घटनाले हामीलाई पीडादायी अवस्था सिर्जना गराएको छ। क्षेदीखोलाबाट प्रहरीले सुजबुझ तरिकाबाट शव फेला पार्यो। त्यसपछि गम्भीर अनुसन्धान गरी घटनामा संलङग ५ जना अपराधीहरुलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया जारी राखेको छ।’

सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउपालिकाकी १२ वर्षीय निषा तामाङ्ग ७ कक्षामा पढ्ने अबोध बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेर फ्याकिएको अवस्थामा गत ११ गते शव फेला परेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *