जापानमा भिजिट भिसाका नाममा अर्बौं लुटियो, कारवाही भएन् : सभापति खतिवडा

डिसी नेपाल
१४ असार २०८२ १३:४८
720
Shares

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुमिरे टुर एण्ड ट्राभल्स नामक ट्राभल्स ऐजेन्सीले जापानमा भिजिट भिसाका नाममा मान्छे पठाएर अर्बौ रकम लुटिरहेको बताएका छन् ।

शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदप्रति लक्षित गर्दै उनले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएवापतको पैसाले संसदमा प्रतिनिधित्व गरेको आरोप लगाए। यसमा निष्पक्ष छानबिन गरी कारबाहीको दायरा अघि बढाउन उनले माग गरे।

बैठकमा बोल्दै उनले संसदमा सभामुखले आफ्ना कुरा राख्ने र अरु माननीय सदस्यहरुले कुरा राख्दा नाराबाजी गरिने भएकाले त्यसबारे कदम चाल्न आग्रह गरे।

उनले मौसम परिर्वतनका कारण कतिपय बाटोघाटोहरु अस्तव्यस्त भएको हुँदा ७७ वटै जिल्लाले विपत्तको तयारि गर्न गृहमन्त्रालय सँग समन्वय गर्नुपर्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *