प्रदेशबाटै एसईई गर्न मन्त्री पन्तको प्रस्ताव

डिसी नेपाल
१४ असार २०८२ १८:२४
148
Shares

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाटै गर्न सरकारले प्रस्ताव गरेको छ।

शनिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्तले सो प्रस्ताव अघि सारेका हुन्।

बैठकमा बोल्दै उनले एसईई प्रदेशबाट सञ्चालन गर्नुपर्ने र एसईईले गुणस्तर कायम गर्न मद्दत पुग्ने बताए। उनले एसईई हटाइयो भने सीटीभीटीमा भर्ना के गर्ने भनि प्रश्न गरे।

उनले भने, ‘बजेटमा पनि एसईई प्रदेशमा दिने भनेर पास गरेको छ। सीटीभीटीमा भर्ना हुने पनि एसईई पछि हो। एसईई हटायो भने सीटीभीटीमा भर्ना के गर्ने। सरकरले प्रदेशमा गर्ने भनेर ल्याएको छ। एसईई राखौं प्रदेशबाट सञ्चालन गरौं। एसईईले गुणस्तर कायम गर्न मद्दत गर्छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *