मिक्वाखोलाका वडाध्यक्ष साँवाको निधन

डिसी नेपाल
१४ असार २०८२ २२:४७
68
Shares

फुङ्लिङ। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ का वडाध्यक्ष सदनकुमार साँवा लिम्बूको निधन भएको छ। मुटुसम्बन्धी समस्या देखिएपछि उपचारका लागि सदरमुकाम फुङ्लिङतर्फ ल्याउँदै गर्दा आज साँझ उनको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

वडाध्यक्ष साँवा लामो समयदेखि मुटुको रोगबाट पीडित थिए। शुक्रबारसम्म वडा कार्यालयको काममा सक्रिय उनको स्वास्थ्य शनिबार बिहानदेखि बिग्रन थालेपछि परिवारका सदस्यले उनलाई उपचारका लागि जिल्ला अस्पताल फुङ्लिङ ल्याउने क्रममा बाटोमा नै निधन भएको हो। उनीनेपाली कांग्रेसबाट निर्वाचित भएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *