केही समय पछि पुनः आन्दोलन शुरु हुन्छ : कमल थापा

डिसी नेपाल
१५ असार २०८२ ७:१४
68
Shares

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने र हिन्दू अधिराज्य पुन:स्थापना गर्ने लक्ष्य प्राप्तिको निमित्त निकट भविष्यमै पुन: आन्दोलन शुरु हुने बताएका छन्।

पार्टी आवद्ध भातृ संगठन राष्ट्रिय युबा मोर्चा नेपालको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आन्दोलन सफल पार्न कम्तीमा ५ हजार प्रतिबद्ध स्वयंसेवक तयार गर्न युवा मोर्चालाई तयारीमा लाग्न निर्देशन समेत दिए।

मुलुकमा कुशासन, ब्रम्हलुट, मनपरितन्त्र हाबी भएको भन्दै सर्बसत्ताबादी चिन्तनबाट शासकहरु अघि बढिरहेकोले जनताले यसको प्रतिबाद गर्ने समेत उल्लेख गरे।

नेपाली जनताको भाबनालाई कुल्चियर गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता जबर्जस्ती लादिएको भन्दै थापाले बिदेशिले बोकाईदिएको भारी बोक्न तयार भएका दलहरु अहिले पनि बिदेशी शक्ति रिझाउन मै तल्लिन भएको आरोप लगाए।

राजसंस्था भन्ने बित्तिकै केही केही मान्छे झस्किने गरेको भन्दै थापाले राजसंस्था र प्रजातन्त्रसँगै जाने भएकोले कोही चिन्तित हुनु नपर्ने स्पष्ट पारे। राजा र जनता मिलेर मुलुकको आर्थिक,सामाजिक, राजनीतिक कायापलट गर्ने दुरगामी सोच र योजना आफूहरुसँग भएको समेत थापाले बताए।

युबा पुस्ताले मनपरितन्त्र नसहने भन्दै अब हुने आन्दोलनमा युबाहरुको सकृय सहभागिता जरुरी भएको उनको धारणा थियो। कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्ष तेजकुमार कुरुङ्गवाङ्ग, युबा मोर्चाका सह-अध्यक्ष गृष्मबिक्रम मल्ल,लाक्पा शेर्पा , सरोज तिमल्सिना , शक्ति दर्शनधारी ,मनोज तिमल्सिना , बिनोद कपाली लगायतले बोलेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.