प्रधानमन्त्री ओली मेड्रिडमा
मेड्रिड (स्पेन)। विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसंघको चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली यहाँ आइपुगेका छन्।
प्रधानमन्त्री ओलीलाई यहाँस्थित अडोल्फो सौरेज बराजाज अन्तर्राष्ट्रिय विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनील नेपाल, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र स्पेनको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरुले स्वागत गरेका थिए।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आज साँझ सम्मेलनस्थल सेभिल्ला पुग्ने कार्यक्रम छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment