प्रस्तावित न्यायाधीश पोखरेलमाथि जनार्दन शर्माले उठाए प्रश्न

डिसी नेपाल
१५ असार २०८२ १३:५३
84
Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेलमाथि प्रश्न उठाएका छन्।

उनले राजनीतिक पक्षधरको लगाव त्यागेर स्वतन्त्र रुपमा निष्पक्ष काम हुनसक्नेमा शंका समेत व्यस्त गरे।

आइतबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई स्वतन्त्ररुपमा निष्पक्ष भएर न्याय दिने कुरामा प्रश्न गरेका हुन्।

‘यहाँले बारमा पदाधिकारीको रुपमा काम गर्नुभएको छ। बार राजनीतिक धारहरुसँग जोडिएर प्रतिस्पर्धा गर्ने संस्थाको रुपमा काम गर्ने संस्था हो। स्वतन्त्र बार त देखिरहेको छैन। हुनुपर्ने त स्वतन्त्र हो,’ उनले भने।

उनले राजनीतिक पक्षधरताका कारण कतिपय मुद्धाहरुमा सुनुवाई नै नहुने र त्यसको कारण न्याय ढिलाई भईरहेको बताए।

उनले भने, ‘बारको प्रतिस्पर्धा कतै न कतै राजनीतिक पक्षधरतासँग जोडिन्छ। त्यसभित्र टर्मिनेन्ट भएर जाने त भन्नुभएको छ। तर पक्षधरको लगाव निष्पक्ष होला त ? भन्ने प्रश्न उठ्न सक्छ। कतिपय मुद्दाहरुमा सुनुवाई नै नहुने हुन्छ त्यसले न्याय ढिलाई हुनु न्याय होइन र ?’

बैठकमा सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित पोखरेलले आफ्ना योजनाको प्रस्तुति दिँदै यदी सर्वोच्चको न्यायाधीशमा अनुमोदित भए राजनीतिक पहिरन छाड्ने बताए।

‘म एक महिनासम्म हातखुट्टा बन्द गरेर बस्न सक्ने मान्छे हुँ। मलाई राजनीतिक जुत्ता जोड्न केही समस्या होइन। हेर्नुहोला, मलाई त्यो ठुलो समस्या होइन। मेरो राजनीतिको पृष्ठभूमी कति गहिरो थियो अध्ययन गर्नुभएकै होला। तर त्यति गहिरो रुपमा हेर्नुपर्दैन। म छोड्छु। यहाँहरुले बेला बेला सचेत गर्नुहोला,’ उनले भने।

उनले कोही व्यक्ति सार्वजनिक पदमा जाने भएपछि प्रश्न उठ्छ त्यो सामान्य भएको पनि बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *