उड्डयन क्षेत्र व्यवस्थित नहुँदा पर्यटन क्षेत्र र अर्थतन्त्रमा असर परेको छ : मन्त्री पाण्डे
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्स व्यवस्थित भयो भने पर्यटन क्षेत्र र अर्थतन्त्रलाई पनि सुधार गर्न सक्ने बताएका छन्।
मंगलबार काठमाडौंमा नेपाल एरलाइन्सको ६७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले नेपाल एरलाइन्स सबैसँग जोडिएको विषय भएको भन्दै यसको विकास भएको खण्डमा पर्यटन क्षेत्र र अर्थतन्त्रको विकास हुने औंल्याए।
उनले भने, ‘राज्यले पनि यसलाई महत्व दिएको छ र जनशक्तिले पनि यसलाई प्रचार गर्ने हिसाबमा प्रस्तुत भएको देखिन्छ। नेपालका नागरिक उड्डयन क्षेत्र राम्रो गरि चल्यो भने पर्यटन क्षेत्रको विकास हुन्छ। नेपाल एरलाइन्स राम्रो भएन भने उड्डयन क्षेत्र राम्रो बनाउने वातावरण नै बन्दैन्। यसरी पर्यटन क्षेत्र पनि अगाडि बढ्न सक्दैन। यसले अर्थतन्त्रलाई पनि प्रभाव पार्छ।’
यस्तै, उनले देश चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बेला एयरलाइन्सलाई पनि समस्या भएकाले यसको राम्रो व्यवस्थापन र आर्थिक एवम व्यवसायिक सफलता हासिल गर्नुपर्ने थियो त्यो नभएको बताए।
उनले भने, ‘हामी निकै चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेका छौ। देशको अर्थतन्त्र पनि चुनौतीपूर्ण नै छ। एयरलाइन्सले जुन व्यवस्थापन र आर्थिक एवम व्यवसायिक सफलता प्राप्त गर्नुपर्ने थियो। भएको छैन्। त्यसैले अबका दिन सुधारको लागि के गर्नुपर्छ भन्ने कुरामा सबैले ध्यान दिनु हुनेछ र निष्ठापूर्वक काम गर्नु हुनेछ भन्ने विश्वास छ।’
नेपाल एरलाइन्सले पनि सुधारका संकेतहरु देखिने गरि काम गर्ने अपेक्षा गरेको पनि उनको भनाइ छ।







डिसी नेपाल








Facebook Comment