रामकुमारी झाँक्रीलाई एकीकृत समाजवादीले सोध्यो स्पष्टीकरण

डिसी नेपाल
१८ असार २०८२ १४:१३
100
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ। बुधबार समाजवादीको अनुशासन आयोगले झाँक्रीलाई स्पष्टीकरण सोधेको हो।

केही दिनअघि झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपाल लक्षित टिप्पणी गर्दै अब पार्टी सिनो बोकेर हिँड्न सक्दैन भनेकी थिइन्।

‘पार्टी बनाउने हो भने अब यस्तै संकटहरूबाट हामी उठ्नुपर्छ। पार्टीमा अर्को ठूलो संकट छ। तपाईंहरू सबैलाई थाहा छ, पार्टीमा संकट छ। अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो। संकट आयो भनेर भाग्ने भनेको होइन । पार्टीलाई पुनर्गठन गरौं,’  उनले भनेकी थिइन् ।

त्यसपछि उनको पार्टीभित्र विरोध भएको थियो। पार्टीले नेतृत्वमाथि जथाभावी नबोल्न आग्रह पनि गरेको थियो। अहिले आएर पार्टी झाँक्रीलाई स्पष्टीकरणसमेत सोधेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *