कांग्रेस पार्टी कार्यालयमा तरुण दलको आमरण अनशन जारी
काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा तरुण दलका असन्तुष्ट समूह आज पनि आमरण अनशनमा छन्।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्नु एक दिन अघिदेखि कार्यालयको मूल गेटमा रोजन राई र अम्बिका बाँस्कोटाले आमरण अनशन सुरु गरेका हुन्। अनशनमा रहेका उनीहरुले माग पूरा नभएसम्म अनशन नतोड्ने बताएका छन्।
उनीहरुले विद्वान गुरुङको नेतृत्वमा रहेको तदर्थ समिति भंगको माग गर्दै आइतबारदेखि आमरण अनशन सुरु गरिएको छ।
सोही क्रममा रोजन राईले आफ्नो अवस्थालाई नेताहरुले ध्यान नदिएको बताए। पछिल्लो समय महामन्त्री गगन थापासँग दलका साथिहरुले कुरा गरिरहेको पनि उनको भनाई छ।
उनले भने, ‘ल्याब टेस्ट गर्दा मृर्गाैलामा समस्या देखिएको छ। हाम्रो यो अवस्थालाई नेताहरुले ध्यान दिएको जस्तो लागेको छैन् त्यही पनि पछिल्लो समय महामन्त्री गगन थापासँग हाम्रो साथिहरुले कुरा गरिरहेको छ। पार्टीमा वेतिथि र संवेदनहिनता देखा परेको हुनाले नै अहिले मुलुकमा नयाँ पार्टीहरु देखा परेका छन्।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment