देशलाई अब १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिन्छ : पूर्वअर्थमन्त्री आचार्य

डिसी नेपाल
१८ असार २०८२ १८:२८
136
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यले मुलुकलाई द्रुत आर्थिक विकासको दिशामा लैजान १८ घण्टा काम गर्न सक्ने प्रधानमन्त्री आवश्यक रहेको बताएका छन्।

कांग्रेसका दिवंगत नेता तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०२औं जन्मजयन्तीको अवसरमा बुधबार काठमाडौंमा आयोजित विचार गोष्ठी कार्यक्रममा बोल्दै आचार्यले मुलुकको आर्थिक पुनरुत्थानका लागि सरकारलाई संवेदनशील र जिम्मेवार बनाउनुपर्नेमा जोड दिए।

‘हामी पूँजीवादको पक्षमा छैनौं, हामी साम्यवादको पक्षधर पनि होइनौं,’ उनले भने, ‘हामी निजी क्षेत्रको भूमिकालाई विस्तारित बनाउन चाहन्छौं। सरकारले गरिबी निवारणमा काम गर्नुपर्छ। गरिबका छोराछोरीले पढ्न पाउने वातावरण सुनिश्चित गर्न स्कुल खोल्ने, उच्च शिक्षामा अन्तर्राष्ट्रिय स्तर कायम गर्न सरकार अग्रसर हुनुपर्छ। अब देशलाई आर्थिक एजेण्डामा काम गर्ने प्रधानमन्त्री चाहिन्छ। द्रुत गतिमा विकास गर्न १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिन्छ।’

पूर्वाधार विकासलाई सरकारले ‘नमुनाको रूपमा’ अगाडि बढाउनु पर्नेमा उनको जोड थियो। आचार्यले मुलुकको विकासका लागि निजी क्षेत्र र राज्यबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै जनताको हितमा केन्द्रीत नीतिहरू आवश्यक रहेको बताए।

गिरिजाप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै उनले लोकतन्त्र, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा कोइरालाको दृष्टिकोण आज पनि सान्दर्भिक रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *