सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

डिसी नेपाल
१८ असार २०८२ २०:५२
112
Shares

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसँग युएई सरकारको उमोलेट सेक्युरिटी प्रिन्टिङ प्रेसका प्रतिनिधिले भेटवार्ता भएको छ।

मन्त्रालयमा आज भएको भेटघाटमा सञ्चारमन्त्री गुरुङले नेपालको सुरक्षण मुन्द्रण केन्द्रको अवस्था र भावी योजनाबारे बताए। उनले तीन वर्षदेखि कार्यालय प्रमुखविहीन रहँदै आएको सुरक्षण मुद्रण केन्द्रलाई आफू मन्त्री भएपछि कार्यकारी निर्देशक नियुक्ति गरेर छापा प्रक्रिया सञ्चालन गर्न लागिएको बताए। झण्डै रु छ अर्बको बजेट योजना गराएर केन्द्रबाट पासपोर्ट, नागरिकतादेखि बैंक नोटसमेत छाप्ने योजना रहेको मन्त्री गुरुङले बताए।

हाल भने स्मार्ट ड्राइभिङ लाइसेन्स छाप्ने प्रक्रियामा रहेको पनि उनले सुनाए। युएई प्रिन्टिङ प्रेसका जेनेरल म्यानेजरको समूहले भने नेपाल सरकारसँग सहकार्य गरेर छापा मेसिनमा सहयोग गर्नसक्ने धारणा राखेका थिए। यस विषयमा मन्त्री गुरुङ सकारात्मक भएको र समय आएपछि सहकार्य गर्ने वाचासमेत दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.