विवादमा ऐतिहासिक चोभार गल्छी (तस्बिहरू)
काठमाडौं । काठमाडौं उपत्यकाको मनमोहक गन्तव्य हो चोभार गल्छी। बागमती नदीसहित उपत्यकाका सबै खोला–नदीहरूलाई दक्षिण पठाउन यो गल्छीले ठूलो भूमिका निर्वाह गर्दै आएको छ।
तर, यतिबेला चोभार गल्छी निकै चर्चामा छ। गल्छीको खोँचमा रहेका पाँचवटा ठूला ढुंगा र अन्य गेग्रेन हटाउन लागिएसँगै स्थानीय आक्रोशित बनेका छन्।
सरकारले ढु्ंगा र गेग्रेन हटाउने जिम्मा नेपाली सेनालाई दिइसँगै स्थानीय आक्रोशित भएका हुन्।
स्थानीयले त्यो कार्य गल्छीको एतिहासिक जग भत्काउने खालको भएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले ढुंगा र गेग्रेन हटाउँदा पुरातात्विक महत्व ध्वस्त हुनेतर्फ चिन्ता व्यक्त गरेका छन्।
गल्छीको प्रवेशद्धार नजिकै रहेका पाँच ठूला ढुंगा, नदीमा थुप्रिएका फोहोर र गेग्रान, कीर्तिपुर साइडमा गएको पहिरो, डाउनस्ट्रिमतिरको नदीको कटान जोखिमलाई मध्यनजर गर्दै उक्त काम गर्न लागिएको तर्क सरकारी पक्षको छ।
गत वर्षको मनसुन याममा असोज १० देखि १३ गतेसम्म परेको पानीले काठमाडौंका खोला किनारका क्षेत्र डुबानमा परेपछि गल्छी क्लियर गर्ने कुरा आएको हो।
चोभार गल्छीनजिक पुगेपछि खोलाको बहाव साँघुरिने र खोला सतहमा रहेका ठूला ढुंगाले बग्न थप रोक्ने भएकाले यसलाई सफा योजना सरकारले अघि सारेको हो।


No ads found for this position

डिसी नेपाल
Facebook Comment