जनआकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको छ : दामोदर भण्डारी

डिसी नेपाल
१९ असार २०८२ १८:४४
76
Shares

बैतडी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनआकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको बताएका छन्।

यहाँको दोगडाकेदार गाउँपालिका पूर्ण संस्थागत सुत्केरी घोषणा समारोहमा उनले वर्तमान सरकारले केही गर्न नसकेको भन्ने भाष्य गलत रहेको बताए। उनले भने, ‘वर्तमान सरकार जनआकांक्षा पूरा गर्न काम गरिरहेको छ। केही भएको छैन भन्ने भाष्य गलत हो।’

नेपालमै थुप्रै सम्भावना रहेकाले स्वरोजगार बन्नुपर्नेमा उनले जोड दिए। उनले भने, ‘हाम्रै वरिपरि थुप्रै सम्भावना छन्। तिनको खोजी गरेर उद्यमी बन्न जरुरी छ। त्यसमा सरकारले सहयोग गर्छ।’

खानी, खनिज, जडीबुटी, कृषिमा सम्भावना रहेको बताउँदै उनले नेपालमै रोजगारीका अवसर रहेको बताए। गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले स्वास्थ्य र शिक्षा क्षेत्र प्राथमिकतामा रहेको बताए।

गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले महिला र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए। दोगडाकेदारका १७ स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति सेवा सञ्चालनमा छ। गाउँपालिकाबाट गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स, मातृशिशु कोष र कोशेली वितरण हुँदै आएका छन्।

चालु आर्थिक वर्षमा गाउँपालिकाभित्रका ३०८ गर्भवतीले स्वास्थ्य संस्थामै बच्चा जन्माएपछि गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरिएको छ। समारोहमा स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.