सुदूरपश्चिमका मुख्यमन्त्रीले भेटे सभापति देउवालाई
काठमाडौं । सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीको समर्थन गुमाएको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्।
उन्मुक्ति पार्टीले समर्थन फिर्ता गरेसँगै शनिबार बूढानीलकण्ठस्थित निवास पुगेर उनले सभापति देउवासँग भेट गरेका हुन्। भेटबारे केही खुलाइएको छैन।
मुख्यमन्त्री शाहका प्रेस संयोजक डम्मर बमले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment