मनै लोभ्याउने शैलुङ डाँडा, आकर्षक पर्यटकीय स्थल (फोटो फिचर)
दोलखा र रामेछापको सिमानामा पर्ने महाभारतअन्तर्गतको सबैभन्दा अग्लो शैलुङ डाँडा आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ । दोलखाको शैलुङ गाउँपालिका र रामेछापको दोरम्भ गाउँपालिकाको सिमानामा पर्ने शैलुङ डाँडा आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्दै आइरहेको छ ।
समुन्द्री सतहदेखि ३३ सय मिटर उचाइमा शैलुङ डाँडा रहेको छ । जहाँ एउटा ठूलो मैदानमा १०० फरकफरक आकृतिका थुम्काहरु छन् । जसले त्यहाँ पुग्ने जोकोही पर्यटकलाई आकर्षित गरेको छ । शैलुङको थुम्काबाट अन्नपूर्ण, मनास्लु,लमजुङदेखि गणेश हिमाल,लाङटाङ, गौरीशंकर,सगरमाथा र नुम्बुरसम्म दर्जनौं हिमालहरू समेत देखिन सकिन्छ ।





















प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment