चन्द समूहका इन्चार्ज कारागार चलान

डिसी नेपाल
१६ भदौ २०७६ २०:११

परासी। नेत्रविक्रम चन्द समूहका नवलपरासी जिल्ला सदस्य तथा सुनवल नगरपालिका इन्चार्ज आत्मराम आचार्य कारागार चलान भएका छन् । सङ्गठित मुद्दामा फरारसमेत रहेका आचार्यले जिल्ला अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि सोमबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

आचार्यलाई अस्थायी प्रहरी विट भूमहीको टोलीले शनिबार सुनवल–११ जर्गाहाबाट पक्राउ गरेको थियो । “आचार्य गत फागुन ३० गते चन्द समूहले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा फागुन २९ गते राति नवलपरासीको सरावल गाउँपालिका–१ तुल्सिपुरस्थित पूर्वपश्चिम राजमार्गमा रोकिराखेको ट्रकमा आगो लगाइ सङ्गठित अपराध मुद्दामा फरार थिए”, प्रहरी नायब उपरीक्षक थापाले भने।

खोलामा डुबेर मृत्यु

पश्चिम नवलपरासीको सरावल गाउँपालिका–४ स्थित खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । आइतबार साँझ ५ः३० बजेको समयमा नुहाउन भनी स्थानीय तिरुवा खोलामा गएका सोही स्थानका २० वर्षीय शैलेन्द्र यादवलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता युवकको प्रहरी, घर परिवार र स्थानीयको सक्रियतामा खोजि गर्दै जाने क्रममा सोमबार हात्तिवनस्थित तुरिया खोलामा मृत्त अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *