विद्यालयलाई सहयोग

डिसी नेपाल
२६ असार २०८२ ८:१३
44
Shares

डुम्रे (तनहुँ)। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यहाँको एक विद्यालयलाई सहयोग गरेको छ । गत जेठमा म्याग्दे गाउँपालिका–४ थर्पुस्थित मीन माध्यमिक विद्यालय भवनको छानो हुरीले उडाएपछि अध्ययन–अध्यापन प्रभावित भएको जानकारी पाएपछि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले रु एक लाख खर्चेर विद्यालयलाई टिनको छानो हालिदिएको हो।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र भण्डारीका अनुसार विद्यालयको १२ कोठे भवनमा ट्रस राखेर छानो हालिएको छ । यसअघि ढुङ्गाको छानो थियो । त्यसलाई नै निरन्तरता दिँदा दुर्घटनाको जोखिम भएकाले ढुङ्गाको सट्टा टिन प्रयोग गरिएको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *