निफ्राको हरित उर्जा ऋणपत्र आज देखि कारोबारमा

डिसी नेपाल
२६ असार २०८२ १०:२४
24
Shares

काठमााडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जारी गरेको निफ्रा हरित उर्जा ऋणपत्र आज देखि कारोबारमा आउने भएको छ।

निफ्राले ६ प्रतिशत ब्याजदर रहेको ७ वर्षे अवधिको ’निफ्रा हरित उर्जा ऋणपत्र ६% –२०८८-८९’ नामको ऋणपत्र जारी गरेको थियो। प्रतिकित्ता १ हजार अंकित मूल्यका ५० लाख कित्ता ऋणपत्र निफ्राले नेप्सेमा असार २५ गते सूचीकृत गराएको हो।

सम्बन्धित ऋणपत्रधनीहरूले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र यसको कारोबार गर्न सक्नेछन्।

निफ्राले नेपालमै पहिलो पटक हरित उर्जा ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो। यो ऋणपत्र गत जेठ १८ देखि २५ गतेसम्म निष्कासन गरी जेठ २९ गते बाँडफाँट गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *