मनिषा कोइरालाद्वारा रवि लामिछानेको समर्थनमा हस्ताक्षर

डिसी नेपाल
२६ असार २०८२ १२:५८
48
Shares

काठमाडौं। अभिनेत्री मनिषा कोइरालाले पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन्।

सरकारले प्रतिसोध साँधेको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा कोइरालाले पनि पार्टी कार्यालय बनस्थली पुगेर बिहीबार हस्ताक्षर गरेकी हुन्।

हस्ताक्षर गरेपछि प्रतिक्रिया दिंदै कोइरालाले रविमाथि राज्यबाट अन्याय र दुव्र्यवहार भइरहेको बताइन्। उनले राज्यबाट भइरहेको अन्याय र दुव्र्यवहारविरुद्ध आवाज उठाएको बताइन्।

उनले भनिन्, ‘म कुनै पनि पार्टीमा आबद्ध छैन। एउटा आम नागरिकको नाताले राज्यबाट अन्याय र दुव्र्यवहार भइरहेको छ त्यसकोविरुद्ध आवाज उठाउन आएकी हुँ। जसले पनि समाचार हेरिरहेको छ, जसले पनि बुझिरहेको छ, पक्कै पनि रविमाथि दुव्र्यवहार भइरहेको छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *