निषेधित क्षेत्र तोड्न खोजेपछि नेविसंघका कार्यकर्ता पक्राउ (तस्बिर)
काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारी पक्राउ परेका छन् ।
नेवि संघ बानेश्वर बहुमुखी क्याम्पस इकाई समिति र नेपाल कमर्स क्याम्पस इकाई समितिको संयोजकत्वमा संसद भवन अगाडि उनीहरु पक्राउ परेका हुन्।
प्रदर्शनका क्रममा नेवि संघ केन्द्रीय सदस्य सरोज तिमल्सिना नेविसंघ काठमाडौं अध्यक्ष अध्यक्ष अंशुल केसी, त्रिवि केन्द्रीय क्याम्पस पूर्व स्ववियू सभापति श्याम राज ओझा, नेपाल कमर्स क्याम्पस स्ववियू कोषाध्यक्ष सुशील खड्का, नेपाल कमर्स क्याम्पस स्ववियू सदस्य रन्बिर मिश्रा, नेपाल इन्जिनियरिङ कलेज कार्यवाहक इकाइ अध्यक्ष पृथ्वीजङ्ग थापा, नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठन अध्यक्ष महेन्द्र खड्का, नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठन उत्सब देवकोटा, नेता एलेक्स सिङ्हानियासहित पक्राउ परेका छन्।
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, विद्यार्थीको प्रतिनिधित्व विना सिनेट बैठक अमान्य हुने र शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राखेर नेविसंघले सोमबार विरोध प्रदर्शन गरेको हो।

























No ads found for this position



डिसी नेपाल
Facebook Comment