देशमाथि घात गर्नेहरुलाई हदैसम्मको कारबाही गर्नुपर्छ : पूर्ण बस्नेत

डिसी नेपाल
३१ असार २०८२ १३:३६
40
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जनता र देशमाथि घात प्रतिघात गर्नेहरुमाथि हदैसम्मको कारबाही गर्न माग गरेका छन्।

घुस अडियो प्रकरणमा मुछिएपछि सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएको सन्दर्भ जोड्दै यस्ता घटनामा संलग्नलाई कारबाहीको माग गरेका हुन्।

उनले भने, ‘सकेसम्म यस्ता घटनाहरुलाई लुकाउने, बाहिर आएपनि गल्ती र अपराध अस्विकार गर्ने र एकाद घटनाहरुमा कारबाही भए गरिए प्रतिशोध भयो भन्ने गरिन्छ।’ केही घटना उल्लेख गर्दै उनी भन्छन्, ‘करोडौं रकम धरौटी बुझाउने रवि लामिछानेमाथि सत्तारुढ दलको प्रतिशोध। ३५ लाख रकम धरौटी बुझाएका माधव नेपालमाथि एमालेको प्रतिशोध। २५ लाख रकम धरौटी बुझाएका कांग्रेसका पूर्वमन्त्री मोहन बस्नेतमाथि पार्टीबाटै प्रतिशोध। अनि एमालेका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता चाहीँ एआइको शिकार !’

यिनीहरुले राज्यलाई बुझाएको धरौटी रकम र आफ्नो पदबाट दिएको राजिनामा नै यिनीहरु माथि थप छानबिन गरी कारबाही गर्नुपर्छ भन्ने प्रमाण भएको जिकिर गरे।

यस्ता क्रियाकलापमा संलग्न व्यक्तिहरुले सजाय स्विकार गर्ने तर आफूले गरेको गल्ती र अपराध स्विकार नगर्ने गरेको उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *