नागढुंगा-मुग्लिन सडकको पूर्वी खण्डमा ४४ प्रतिशत मात्र काम

डिसी नेपाल
३२ असार २०८२ १०:१४
96
Shares

काठमाडौं। नागढुंगा-मुग्लिन सडकको पूर्वी खण्डमा ४४ प्रतिशत काम सम्पन्न भएको छ।

दुईवटा प्याकेजमा काम भइरहेको यस खण्डमा नागढुंगादेखि नौबिसे सडक खण्ड अन्तर्गत १२.२ किलोमिटर र नौबिसेदेखि मलेखु खण्ड अन्तर्गत ४३.५ किलोमिटरसहित कुल ५५ किलोमिटर सडक रहेको छ।

जसमध्ये हाल सम्म करीब आधा अर्थात २७ किलोमिटर सडकमा कालोपत्रे सम्पन्न भइसकेको नागढुंगा-मुग्लिन सडक आयोजनाको पूर्वी खण्डका योजना प्रमुख केशवप्रसाद ओझाले बताए।

उनका अनुसार यस खण्डमा पर्ने १५ वटा पुलहरु मध्ये ८ वटा पुलहरुमा गाडी नै चल्न सुरु भइसकेका छन भने यही मसान्त सम्म बाँकी दुईवटा पुलहरुमा पनि गाडी चल्न सक्ने बनाइने छ।

बाँकी पाँच वटा पुलहरु आगामी आव सम्म सम्पन्न गर्ने र सडक तर्फपनि आगामी आव सम्म पहिलो चरणमा सबै योजना ५५ किलोमिटर नै सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए। यो सबै गरेर यस आयोजनामा हाल सम्म करीब ४४ प्रतिशत काम सम्पन्न भएको उनकाे भनाइ छ।

‘पहिलो प्याकेजको मात्रै कुरा गर्दा ८४ प्रतशित काम सम्पन्न भएको छ। दोस्रो प्याकेजको चाहिँ करीब ४३-४४ प्रतिशत भौतिक काम सकिएको छ। यस आयोजना अन्तर्गत मुुख्यतया डेडिकेटेड डबल लेनको सडक निर्माण हुनेछ। यसका कतिपय खण्डहरुमा छुट्टै क्लाइमिङ लेन भनेर तिन लेनको सडक हुनेछ जसमा उकालो तर्फ जाने सवारीहरु दुई लेनमा र ओरालो तर्फ झर्ने सवारीहरु एक लेनमा सञ्चालन हुनेछन,’ उनले भने।

बजार क्षेत्रमा भने चारदेखि ६ लेनसम्म पनि सड्क विस्तार हुने बताइएको छ। गल्छी बैरेनी क्षेत्रमा भने पानी परेपछि एकदमै खाल्डो हुने हिलो हुने भएकाले गत वर्षको हिउँद देखि युद्धस्तरले काम गरेर धुलो र हिलो मुक्त भएको उनले बताए।

यद्यपि, अझै यसका केही कामहरु बाँकी रहेपनि दोहोरो गाडी हिँड्न सक्ने दुई किलोमिटर केक्रिट पेमेन्ट बाट नै निर्माण सम्पन्न गरिसकेकाे र अबको बर्खामा  यात्रुहरुले हिलो खेप्नुपर्ने छैनभने हिउँदमा पनि धुलो खेप्नु नपर्ने उनको भनाइ छ।

‘गतवर्षको मनसुनमा यस सडक खण्डमा भएको सवारी दुर्घटनाले निकै ठूलो क्षति पुर्‍याएको थियो। झ्याप्ले खोलमा भएको दुर्घटनामा ३५ जनाको ज्यानपनि गएको थियो। उक्त खण्डमा समेत पहिरो रोकथाम गर्नकालागि माइक्रो पायललिङ, होरिजेन्टल सोयल एन्करेज गर्ने जस्ता नयाँ प्रबिधिहरु ल्याएर कामहरु अघि बढाएका छौं। अबको दुई सता जतिमा उक्त क्षेत्रमा हामीले पुर्ननिमाणको काम सम्पन्न गर्ने छौं। यसबाहेक महेश खोलाको कटान र परेवा भिर लगायत स्थनामा पनि पहिरो रोकथामका लागि तिब्र गतिमा काम भइरहेको छ,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.