आइजीपीबाटै प्रहरीको वृत्ति विकासमा अवरोध, आफैं रिटायर हुने बेला आइसक्दा बढुवाको सुरसार छैन

डिसी नेपाल
३२ असार २०८२ १०:३३
692
Shares

काठमाडाैं। प्रहरी ऐन नआएमा प्रहरी महानिरीक्षक (आइजीपी) दीपक थापा एक महिना १९ दिनमा घर जाने छन्। उनको अवधि एक १९ दिन बाँकी हुँदा नेपाल प्रहरीमा रिक्त रहेको एसएसपी पदमा बढुवा प्रक्रिया अवरुद्ध बनेको छ।

प्रहरी प्रधानकार्यालय स्रोतका अनुसार गृहमन्त्री रमेश लेखक र आइजीपीकै कारण कारण बढुवा रोकिएको हो। आर्थिक वर्षको अन्तिम दिन आज पनि बढुवा सिफारिसको सूचना निकाल्ने सुरसार नभएको स्रोतको दावी छ।

यसरी समयमा बढुवा नहुँदा बढुवाका आकांक्षीहरुको तनाव बढेको बढ्नुका साथै प्रहरी संगठनभित्र वृत्ति विकासमासमेत असर परेको छ। प्रहरी महानिरीक्षक थापा र मानवस्रोत विभाग प्रमुख एआइजी दानबहादुर कार्कीले बढुवाका लागि यसअघि नै गृहमन्त्रालयमा जानकारी गराएपनि गृहमन्त्री लेखक र सचिव गोकर्णमणि दुवाडीले अहिलेसम्म अनुमति दिएका छैनन्।

स्रोतका अनुसार गृहमन्त्री लेखकका निकट एसपीहरु जुनियर रहेका र प्रतिस्पर्धी भन्दा सात वर्ष कम भएकै कारण अवरोध भएको हो। उनीहरुले जेष्ठतामा सात वर्ष सिनियर एसपीलाई छाडेर ३ वर्ष मात्र भएकालाई बढुवा गर्न दबाब दिएका कारण आर्थिक वर्षको अन्त्यमा पनि बढुवा प्रकृया अघि बढ्न सकेको छैन।

जुनियर रहेका केही एसपीका लागि शक्तिकेन्द्रले सिफारिस गरेका छन्। केहीले त आर्थिक चलखेल समेत गरिरहेका छन्। जसरकाण बढुवा जटिल बनेको स्रोतको दावी छ।

‘यसमा आइजीको पनि स्वार्थ लुकेको होला नत्र अलिक अस्ति नै सिफारिस भैसक्थ्यो’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो। ज्येष्ठताका आधारमा विमल बस्नेत र प्रकाश रानाभाट सबैभन्दा अगाडि छन्।

त्यसपछि कमल थापा, तुलबहादुर कार्की, राकेश सिंह, राजिब कुमार बस्नेत, दिपक पोखरेल, केदार खनाल, ज्ञानेन्द्र फुयाल, दिपेन्द्र शाही, रामप्रकाश शाह, प्रवीण धिताल, दयानिधि ज्ञवाली, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल र सुरेशराज काफ्ले छन्।

त्यस्तै, अमरेन्द्र सिंह, श्यामसिंह चौधरी, नकुल पोख्रेल, पदबहादुर विष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्र कुमार श्रेष्ठ, दिलिप घिमिरे, वीरेन्द्रबहादुर शाही, जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन तिमल्सिना र रमेश पण्डित पनि बढुवाका दाबेदार छन्। ११ पदमा ३३ एसपी प्रतिस्पर्धामा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.