बबरमहल र मिनभवनमा लिफ्टसहितको आकाशेपुल बन्दै

डिसी नेपाल
३२ असार २०८२ १३:३१
64
Shares

काठमाडौं। सरकारले काठमाडौं क्षेत्र नम्बर १ स्थित बबरमहल र मीनभवनमा लिफ्टसहितको आकाशे पुल निर्माण गर्ने भएको छ। काठमाडौं क्षेत्र नं १ का सांसद एवम् उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको पहलमा ती स्थानमा सुविधासम्पन्न पुल बन्न लागेका हुन्।

स्थानीयले सो क्षेत्रमा आवतजावत गर्न असहज भएको र दुर्घटना हुने गरेको भन्दै आकाशेपुल बनाउनका लागि उपप्रधानमन्त्री सिंहसँग माग गरेका थिए। अहिले धमाधम पुलको काम भइरहेको छ।

स्थानीयको माग र सो क्षेत्रको आवश्यक्ता हेरेर उपप्रधानमन्त्री सिंहले पहल गरेपछि आर्थिक वर्ष २०८२/ ८३ को बजेट मार्फत भौतिक पूर्वाधार मन्त्रालयले दुई ठाउँमा आकाशे पुल निर्माण गर्न बजेट छुट्याएको छ।

बबरमहलमा आकाशे पुल निर्माण गर्न २ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ भने मीनभवनमा ४ करोड रुपैयाँ छुट्याइएको छ। जसले स्थानीय र सरोकारवालाहरुलाई खुशी बनाएको छ।

आकाशे पुल नहुँदा अहिले दुवै ठाउँमा जेब्रा क्रसिङ राखिएको छ भने ट्राफिक लाइट छ। तर, ट्राफिक लाइटले काम नगर्दा पैदलयात्रु र सवारी चालकलाई समस्या पर्दै आएको छ। अब पुल बनेसँगै सो क्षेत्रमा आजतजावत गर्ने स्थानीयलाई सहज हुनेछ भने दुर्घटना रोकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.