विदेशीले समेत नेपालको सम्पदा र अभिलेखको बारेमा चासो राख्ने गर्छन् : मन्त्री पाण्डे
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल अब केवल भौगोलिक सीमाभित्र मात्र सीमित नरहेको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक पुरस्कार समर्पण समारोहमा बोल्दै उनले नेपाल विश्वभर फैलिँदै गएको धारणा व्यक्त गरेका हुन्।
उनले भने, ‘नेपाल अब नेपाल भित्र मात्रै छैन। नेपालको परिचय विश्वभरी फैलिँदै गएको छ। नेपालीहरु संसारभरी रहेका छन्। त्यसकारण पनि नेपाल विश्वभरी फैलिएको छ। नेपालप्रति मानिसहरुको चासो पनि बढेको छ, यसकारण पनि नेपाल फैलिएको छ।’
उनले विदेशमा नेपाली सम्पदा, मूर्तिहरू र अभिलेखप्रति विदेशीहरूमा चासो बढ्दो रहेको उल्लेख गर्दै विश्व समुदायले नेपालको सांस्कृतिक धरोहरलाई विशेष ध्यान दिइरहेको बताए। उनले दुनियाँभरको चासो नेपालप्रति रहेकाले नेपालको जातीय, सांस्कृतिक र भाषिक विविधता अध्ययन, अनुसन्धान र चिन्तनको विषय बनेको बताए।
उनले भने, ‘हाम्रा थुप्रै सम्पदा र मुर्तिहरु विदेशमा पुगेका छन्। विदेशका मान्छेहरु नेपालको सम्पदा र अभिलेखको बारेमा धेरै नै चासो राख्ने गर्छन्। दुनियाँभरको चासो हाम्रो नेपालप्रति छ, नेपालको जातीय, सांस्कृतिक र भाषिक विविधता अध्ययन, अनुसन्धान र चिन्तनको विषय बनेको छ।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment