रक्षामन्त्री राईको एक वर्ष : अपेक्षा अनुसार काम गर्न बाँकी
काठमाडौं । रक्षामन्त्री मानवीर राईले एक वर्षभित्रमा फास्ट ट्रयाकलगायत थुप्रै करिडोरहरुको काम अगाडि बढेको बताएका छन्।
बुधबार एक वर्षको अवधिमा रक्षा मन्त्रालय र अन्तर्गतका निकायहरुबाट सम्पादन भएका कार्यहरुको प्रगति विवरण सार्वजनिक समारोहमा उनले एक वर्ष पूरा हुँदै गर्दा थुप्रै अप्ठेयारा र विपत्तिहरु व्यहोर्नु परेको भन्दै उक्त चुनौतीको बीचमा पनि फास्ट ट्रयाकलगायतका काम अगाडि बढाएको बताए।
उनले भने, ‘एक वर्ष पूरा हुँदै गर्दा थुप्रै अप्ठेराहरु र विपतिहरु हामीले व्यहोर्नुपर्यो। हामीले यो एक वर्षमा राहात र उद्धारको काम मात्र होईन, हाम्रो जिम्मेवारीमा फास्ट ट्रयाकलगायत थुप्रै करिडोरहरु छन्। फास्ट ट्रयाकका कामहरु धेरै द्रुत गतिमा अगाडि बढ्न थालेको छ। काठमाडौं भित्र, बाहिरको सबै जमिनको काम हामीले अन्तिम अवस्थामा पुर्याएका छौं। अब फास्ट ट्रयाक तराई मधेश द्रुत गतिमा ५, ६ महिनाभित्र उल्लेख्य विकास हुने कुरामा म विश्वस्त छु।’
यस्तै, उनले नेपाली सेनाले जिम्मेवारीमा हुम्ला जिल्लाको खार्पूनाथ मन्दिर छेउमा बेलिब्रिज बनेको भन्दै त्यसले गर्दा ७७ वटै जिल्लामा सवारी साधनको पहुँच पुगेको बताए।
आजको मितिसम्म आइपुग्दा अपेक्षा अनुसार काम गर्न बाँकी भएपनि विवादको बीचमा काम गरेको उनको भनाई छ।
उनले विकास निर्माण, अपरझट् ब्रिज निर्माण, बाटोहरु खन्ने जस्ता कामहरु पनि नेपाली सेनाको महत्वपूर्ण भूमिका रहेको बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment