गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्नु अहिलको चूनौतिः देउवा
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले देशभित्र गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्नु अहिलको चूनौति रहेको बताएक छन्।
नेपाल सामुदायिक विद्यालय कर्मचारी संघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले हिजोको चूनौति साक्षरता रहेको भन्दै आजको चूनौति देशभित्र गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्नु रहेको बताएका हुन्। उनले सरकार, सवै राजनीतिक दल र सरोकारवालाई शिक्षाको विकासका लागि एकजुट भएर लाग्न अनुरोध गरे।
सामूदायिक विद्यालयहरुले सेवामूखी भइ मुलुकको शिक्षा क्षेत्रको बिकासमा महत्वपूर्ण योगदान दिदैआएको उनले बताए। सभापति देउवाले सामूदायिक विद्यालयको शिक्षाको गुणस्तरको बृद्धिका साथै सुविधा पनि विस्तार गर्नुपर्ने खाँचो रहेको धारणा राखे।
उनले समृद्धिको आधारशिला जिवनउपयोगी शिक्षा रहेकाले व्यवसायीक शिक्षा प्रदान गर्न सरकारबाट समुचित र न्यायोचित पहल हुनुपर्ने खाँचो देखिएको बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment