आजदेखि नयाँ आर्थिक वर्ष सुरु

डिसी नेपाल
१ साउन २०८२ ८:५६
56
Shares

काठमाडौँ । आर्थिक वर्ष २०८२-८३ आजदेखि सुरु भएको छ । प्रत्येकवर्ष साउन १ गतेदेखि नयाँआर्थिक वर्ष सुरु हुने व्यवस्था छ । सोहीअनुसार नयाँआर्थिक वर्ष सुरु भएको हो ।

सरकारले वि.सं. २०१८ सालदेखि आर्थिक वर्षको सुरुवात साउनमहिनामा सुरु भई असार महिनामा सकिने व्यवस्थागर्दै आएको छ ।

नयाँआर्थिक वर्षले खासगरी सरकारी कारोबारसँग सम्बन्धित विषयका परिवर्तन गर्नेछ । यसले राजस्व, शुल्क, जरिवानालगायतकाव्यवस्था गरिएका परिवर्तन लागु गर्न सुरु गर्नेछ ।

तीनतहका सरकारले सार्वजनिक गरेको बजेटको आज देखि पूर्ण कार्यान्वयनको सुरुवात हुनेछ । करको दरमा भएको परिवर्तनसमध्ये आज लेखि नै कतिपयव्यवस्थालागु भइसकेका छन् । विलासिता कर लगायतका केहीव्यवस्थाको कार्यान्वयनआजदेखि सुरु हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.