कविता : बादल
अन्त्यहीन मार्ग लिइ आकासमा उडिरहेको बादल
कहाँपुगी पानीले पुछ्ने हो त्यो काजल।
आकास ओड्नी उसको भूमि यो बिछ्यौना
शीतका थोपा बटुली भूमिमा बर्सिने असिना।
हावाको गतिमा बहने बर्सातको पानीपनि
आषाढ महिनामा आउने पानीको बाढीपनि।
न स्वरूप छ यसको आकासमा तैरिने
जलको घडा बोकी बोकी चारैतिर फैलिने।
उज्यालो मुखडामा यो हिउँ सरी टल्किने
कालो मुखडा छायाँमा कालो पोतेसरी देखिने।
कहिले तुफानमा उडी मतवाली सरी बनिदिने
कहिले हिउँका टुक्रा बन्दै आकासमा झल्किने।
महल उसको माथि छ आकास उसको घर
चट्याङमा झस्किन्छ अरु छैन कुनै डर।
आकास नीलो नभमा छ रहेको
छ यो बाहिर तर कहाँ अडेको।
छैन कहिल्यै त्यो नभमाथि पुगेको
समस्त संसार छ सधैं घुमेको।
धोको छ उसको मनमा बसेको
जिउँदो भइ सधैं आकासमा उडेको।
गर्जिन्छ त्यो गुड गुड गर्दै
घर बाग बगैंचामा जल बरसाउँदै।
रोई कराई उफ्रिन्छ चित्कार बिजुली बनी
बर्सिन्छ घरघरमा जल बर्षागरी मुनी।
वर्षाकालमा कालो टोपी र कोट लगाई
कालै जुत्ता र मोजा लगाई
घुमी घुमी खुट्टा हात पसारी आउँछ यो
पखेटा फिँजायी।
पानीका घडा ठाउँ ठाउँमा ओसारी
बिजुलीको चट्याङको खुट्टा उचाली।
मौनतामा छ यो त्यो नभमा बस्दानी
पानी पानी भन्नेले पानी पाएर हाँसदानी।
मुख त्यो रुप देखिन्न, हात खुट्टा कुनैपनि
घडा जलको देखिन्न कम्मरमा कतैपनि
फेरि पानीको बर्षा गरिदिन्छ वर्षामापनि।
अघोर मुख त्यो ठूलो जल कुल्ला गरेसरी
सबै भूमी भिजाइदिन्छ सानोमुख बाएसरी।
बिशाल बादल देखिन्न आकासमा कुनैदिन
लुकेर कहाँ बस्छ त्यो निलो नभ भएदिन।
वसन्त उसको प्यारो आकास भरी व्याप्त छ
शिशिर उसको जाडो कहाँ गइ उ लुक्दछ।
रोइ कराइ गर्जिँदै गर्दै उ वर्षा गराउँछ
वर्षा उब्जनीदेखि ऊ फेरि हाँसी मुस्कुराउँछ।
रोइ कर्म गर्दामा दुःख पीडा संघर्ष भोगेपनि
कर्मले दिन्छ सधैं न्याय जन्म बादलै भएपनि।
रोग भोक र शोक
रोगले नसताएको मानिस कहाँ छ र
भोकले नतड्पिएको मानिस कहाँ छ र।
शोकले नडसेको मानिस कहाँ छ र
यी तीन वटैवाट मुक्ति पाएको को छ र।
जन्मिँदा रोग केही थिएन पछि बढ्दै गयो
आफ्नै शरीर आफूलाई बोझ बनी गयो।
कोही अन्धाबनी निस्के कोही बहिरापनि
कोही अपांग भइ निस्के कोही सुस्तैपनि।
यौवनमा हिँडे धेरै बुढापामा लुला भए
बृद्धाबस्थामा दम छुटी अत्तालिने भए।
रोगीबनी ओछ्यानमा आँगनै परदेश भयो
एउटा रोगले आखिर परमधाम भइ गयो।
भोक फेरि यो एउटा अचम्मको प्यास छ
दिनानुदिन खाँदा नि फेरि भोकनै भोक छ।
उता भोक यता भोक खाने पिउने जीवन छ यो
विश्व नै भोकमा डुब्ने कस्तो सृष्टि छि, यो।
कोही भोक लाग्यो भन्छन् कोही चुपचाप बसी
मानिस पशु पन्छीमा भेद यतिमा फरकै रही।
पाए खाने नपाए भोकै बस्नेछन् यहाँ कति जीव
भोक प्यास मेटाइ बस्नेछन् कति यहाँ निर्जीव।
रोग भोक र शोक नहुँदा सबै यी समान
सबै यो मिटेमा हुन्छ स्वर्गमा पुगे समान।
यस्तो जीवनमा कसले फुर्ति लगाउने
आजभोलि भोकै रहेमा ईश्वरलाई पुकारने।
कोही कर्म नगरिकन भाग्यलाई धिक्कारने
अरुले गुलियो खाए आफ्नो मुख मिठ्याउने।
कर्ममा कोही पछाडि पछाडि नधकेलिउन्
कर्मैमा भोक मिटने छ सबैले यो बुझिलिउन्।
शोक अर्को छ जीवनको अन्त्य कहिले नहुने
मृत्यु शैयामा पुग्दानी शोक मनमा रहिरने।
पिता माता कोही नभए शोक मनमा रहिरने
अर्काले मोज गर्दानि शोक मनमा बसिरहने।
रोग भोक दुवै होइन शोक एक भिन्न छ
अर्काको रिस गर्दामा मन शोकले छिन्न छ।
तसर्थ हाँसी खेली जीवन बिताउ बर्तवानमा
रोग भोक र शोकले सताउँदैन यो जीवनमा।
कर्मले सबै हाम्रो रोगभोक र सोक छुट्याउछ
यसले नै हाम्रो जीवन शिखरमा पुर्याउँछ।
अरु जीवनको लीला ईश्वरले गराउँछन्
गुण दोष छुट्याई प्रभुले परलोकमा पुर्याउँछन्।
प्रभुमा जीवन सपर्मण
आँखा त्यो हो जसले प्रभुमा नजर लगाउँछ
शिर त्यो हो जसले प्रभुमा समर्पण गराउँछ।
मुख त्यो बेकार छ जसले प्रभुको नाम लिँदैन
मुख त्यो हो बोलीले अरुको चित्त दुखाउँदैन।
हीरा मोती र सुनले हातलाई शोभा दिँदैन
हात त्यो होइन जसले प्रभुमा अर्पण गर्दैन।
मरेरपनि सबैको नाम सधैं अजर अमर रहन्छ
जसले प्रभुमा आफ्नो समस्त जीवन बिताउँछ।
लगन होस् जसरी मीरा भक्तिमा मग्न थिइन्
परमानन्दमा उनी सधैं सधैं रमाइ रहन्थिन्।
न पानीले बगाउँछ न आगोले डढाउँछ
जो आत्मा भगवान भक्तिमा सधैं रमाउँछ।
मीरा हरदम गोविन्द गोपाल भनी गाउँथिइन्
सत्संगमा बसेर उनी प्रभुको भजन गर्दथिइन्।
बिष दिएपनि प्रभुले अमृत बनाई पिलाउँथे
आफ्नो भक्तलाई प्रभु सरिता सागरमा डुबाउँथे।
यही तपले मीरा प्रभुको दिवाना बनेकी थिइन्
सम्पूर्ण आफ्नो जीवन भक्तिमा अर्पेकी थिइन्।
भाव मनमा रहे प्रभु हरदम समिपमा हुनेछन्
दुर्भाव मनमा रहे प्रभु सधैं टाढा रहन्छन्।
कर्म र भक्तिको भावमा मन सधैं लगाऔ
प्रभुको दिब्य धाममा पुगी भक्ति चढाऔं।
दया करुणाको भाब सधैं रहोस मनमहाँ
नयनबाट भक्तिको आँसु खसोस् काखमा।
भगवानको पूजा पाठ सधैं होओस् घरमा
हाँसीखेली जीवन बितोस् सबैको यो जुनीमा।
मरेर लानु केही छैन सबै यहीँ छोड्ने हो
हरदम प्रभुको नाम सुमिरण गर्दै जाने हो।।
















Facebook Comment