एमाले बैठकमा पूर्वराष्ट्रपति भण्डारीलाई दिइने जिम्मेवारीबारे छलफल

डिसी नेपाल
१ साउन २०८२ १९:०३
628
Shares

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दिइने जिम्मेवारीबारे छलफल भएको छ। बिहीबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै भण्डारीको विषय प्रवेश गराएका हुन् ।

एमाले सचिव योगेश भट्टराईका अनुसार बैठकमा अध्यक्ष ओलीले भण्डारीलाई दिने जिम्मेवारीबारे विषय प्रवेश गराएका थिए। यसबारे थप छलफल गरेर आवश्यक निर्णय लिनेबारे नेताहरूबीच कुराकानी भएको थियो।

‘विधान महाधिवेशन सम्बन्धि छलफल भैइरहेको हो के कसरी जाने भनेर। छलफल हुँदैछ। पार्टीमा सबैको ठूलो नेतृत्व छ। भण्डारी जीको बारेमा पनि छलफल हुन्छ। अध्यक्ष जीले पनि छलफल गरैँंला भन्नु भएको छ। उहाँको व्यक्तिगत निजी विषय पनि भएन। उहाँले सबै त्यागेर आईसकेपछि यो पार्टीको कुरा हो छलफल हुन्छ। उहाँ आउनुहुन्छ भनि उहाँलाई उचित स्थान दिनुपर्ला। त्यो पनि पार्टीको हाइलेबलमा कुराकानी होस् भन्ने हाम्रो चाहाना हो। यो सार्वजनिक विषय हो यस्लाई हल गर्नैपर्छ’, उनले भने।

१४ असारमा मदन जयन्तीका अवसरमा भण्डारीले एमाले राजनीतिमा पुनरागमन गरेको र आफूले सदस्यतासमेत नवीकरण गरिसकेको जानकारी दिएकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.