विद्यार्थीहरुलाई प्रकाशमान सिंहको सुझाव : जीन्दगीको लक्ष्य पूरा गर्न मेहनत गर्नुस्

डिसी नेपाल
२ साउन २०८२ १३:४९
28
Shares

काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले जिन्दगीको लक्ष्य पूरा गर्न मेहनत गर्नैपर्ने बताएका छन्।

गुह्येश्वरी बाल शिक्षा मावि, थापाथलीको वार्षिकोत्सवका अवसरमा आयोजित पुरस्कार एवम् सम्मान कार्यक्रममा सम्बोधन गर्दै उनले विद्याथीहरुलाई मेहनती बन्न सुझाव दिएका हुन्। मेहनत र परिश्रम विना मानिसले सफलता प्राप्त गर्न नसक्ने भन्दै उनले विद्यार्थीहरुलाई अध्ययनमा ध्यान दिन पनि आग्रह गरे।

‘तपाईहरु जस्तो पारिवारिक पृष्ठभूमिबाट आउनुभएको भएपनि भविष्य तपाईंहरुको हातमा छ। अध्ययनको अवसर सदुपयोग गर्नुस्। विना मेहनत कोही पनि सफल हुँदैन। मेहनत परिश्रम गर्नुस्। भविष्य उज्वल छ,’ उनले भने। उपप्रधानमन्त्री सिंहले शैक्षिक अवस्था राम्रो बनाउन विद्यँर्थी, अभिभावक र विद्यालय परिवार सबैको साझा प्रयत्न आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रममा उपप्रधानमन्त्री सिंहले विद्यालयका उत्कृष्ट शिक्षक एवम् विद्यार्थीहरुलाई सम्मान एवम् पुरस्कार वितरण गर्दै आगामी दिनमा अझै राम्रो गर्न शुभकामना दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.