राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्तरिक विवाद चरम हुँदै गएको छ।
राजावादी आन्दोलनबाट उत्साहित भए पनि अन्ततः आन्तरिक संघर्षका कारण राप्रपामा विवाद चरम भएको हो।
सोही क्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेका छन्। यसअघि लिङ्देनले असार २५ गते अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदी र प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई पनि पदमुक्त गरेका थिए।
उपाध्यक्ष गिरिसहित चार पदाधिकारीले पार्टीको शीर्ष तहमा भएको सहमति विपरित नवराज सुवेदीलाई अनुशासन समितिको संयोजकबाट हटाइएको भन्दै साझा विज्ञप्ति निकालेर अध्यक्ष लिङदेनको चर्को आलोचना गरेका थिए।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment