शोभाराम ओलीकृत उपन्यास अटेलिस जोइ लोकार्पण

डिसी नेपाल
३ साउन २०८२ १२:४३
56
Shares

काठमाडौं । साहित्यकार शोभाराम ओलीद्वारा लिखित उपन्यास “अटेलिस जोइ”को लोकार्पण तथा विमोचन कार्यक्रम सम्पन्न भएको छ।

नवोदित साहित्यिक वाचनालय कतारले आफ्नो १७औं अधिवेशन, नवोदित कृति अवार्ड र कृति विमोचनसहित अनेसास नवोदितको १६०औं वाचन डबली शुक्रबार कतारको गोरखाली रेस्टुरेन्टको सभाहलमा सम्पन्न गरेको हो।

नवोदित वाचनालय कतारका अध्यक्ष सन्दीप थपलिया ‘सानु’को सभाध्यक्षता तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतमा शोभाराम ओलीद्वारा लिखित छैटौं उपन्यासको विमोचन तथा उपन्यास लोकार्पण गरिएको हो।

श्रमको खोजीमा कतार आइपुगेका शोभाराम ओली रोल्पा जिल्ला साविक परिवर्तन गाउँपालिका वडा नं. २ का बासिन्दा हुन्। आई एड सम्मको अध्ययन गरेका ओलीका अधुरो जीवन (उपन्यास २०६२), परदेशमा व्यथित मन (गजल संग्रह २०७४), परदेशी सपना (मुक्तक संग्रह २०७५) अथाह(बाछिटा संग्रह २०७९) र सुलभ (उपन्यास २०८०) यसअघि नै प्रकाशित भइ सकेका छन्।

आफू कतारमा बसिरहँदा आफूले आफ्ना वरिपरि देखेका प्रेम कहानीलाई शब्दमा उनेर परदेशमा प्रेममा परेकाहरूको जीवनमा आधारित कथा लेखेको बताएका छन्।

नवकृत उपन्यास `अटेलिस जोइ´को समालोचना र समिक्षा सिताराम थापा र खेमराज सुवेदीले गर्दै पुस्तक पठनिय रहेको र श्रम गर्न परदेशीएका नेपालीहरुको जीवनशैलीसँग मेल खाने बताएका थिए।

पुस्तक लेखन कार्यका लागि कथा खोज्न कहिँ जानुनपर्ने भन्दै समिक्षक थापाले आफ्ना वरिपरि देखे भोगेका बिसयबस्तुलाई समेट्न सके मात्रैपनि कथाले पुस्तकको रुप लिने बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.