एमाले पोलिटब्युरो बैठकः उपाध्यक्षको प्रतिवेदनमा छलफल जारी
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी मुख्यालयमा जारी छ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नु भएको विधान संशोधन प्रस्तावमा छलफल भइरहेको छ। हालसम्म ३२ जना पोलिटव्युरो सदस्यले प्रतिवेदनमा आफ्ना धारणा प्रस्तुत गरेका छन्। अब ४० जना सदस्यले बोल्न बाँकी छ।
सचिवालय बैठकबाट पारित अध्यक्ष ओलीको राजनीतिक, उपाध्यक्ष पौडेलको विधान संशोधन र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन पोलिट ब्युरो बैठकले अनुमोदन गर्ने उनले जानकारी दिए।
आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन आयोजना गर्ने कार्यक्रम छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment