शेखर कोइराला संसदीय दलको नेता बन्न सक्दैनन् : राजन केसी

डिसी नेपाल
३ साउन २०८२ १७:३०
380
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री राजन केसीले कांग्रेसएमालेको वर्तमान सत्ता गठबन्धन कुनैपनि हालतमा नटुट्ने दाबी गरेका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले शेखर कोइराला पार्टीको संसदीय दलको नेता बन्न नसक्ने पनि ठोकुवा गरे।

उनले भने, ‘हाम्रो दलको विद्यानले प्रधानमन्त्री हुनको लागि संसदीय दलको नेता हुनुपर्छ भनेको छ। पार्टीमा त जो पनि दलको नेतामा आउन सक्छ। दलको नेता बन्न अहिले उहाँ (शेखर) को सम्भावना देख्दिनँ। संख्या छ भने प्रयोग गर्नुपर्छ।’

शनिबार पार्टीभित्रको विवाद र बहस स्वभाविक भएको भन्दै यही विवादको कारण पार्टी विभाजन नहुने दाबी गरे। उनले भने,‘यो पार्टी विभाजन भन्ने कुरा बाहिरी हल्ला हो। हामीले विभाजन देखिसक्यौं। जहाँसम्म विचारको कुरा छ, छलफल हुन्छ। सरकार परिवर्तन हुँदैन। गठबन्धन परिवर्तन हुँदैन।’ उनले नेपालमा कांग्रेस र एमालेजस्ता दुई ठूला दल मिलेर सरकार बनाईएको भन्दै यो संसारमै भएको विरलै प्रयोग भएको बताए।

उनले पार्टीभित्र भएको अनुशासनको कारबाही पनि अहिले अन्तिम नभएकोले यसमा चित्त नबुझे पूनरावलोकनमा जान सकिने सुझाए।

उनले मुलुकले लामो लोकतान्त्रिक यात्रा तय गरिसकेको भएपनि अहिलेसम्म विकासको मोडालिटी बनाउन नसक्नु दुःखद् भएको चित्रण गरे। अहिलेको सरकार बनाउँदा आफूहरुले संविधान संशोधन गर्ने भनेको उल्लेख गर्दै अब पहलो प्राथमिकतामा समृद्धिलाई राखेर अघि बढ्नुपर्ने बेला आएको उनको भनाई छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.