नेपालको पूर्वाधार विकासमा नेपाली इन्जिनीयरको भूमिका महत्वपूर्ण : मन्त्री दाहाल
काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको पूर्वाधार विकासमा नेपाली इन्जिनीयरहरुको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।
नेपालको पूर्वाधार विकास र निर्माण नयाँ चरणमा रहेको उल्लेख गर्दै उनले नविन प्रविधि र प्राविधिक जनशक्ति अहिलेको आवश्यकता रहेको पनि उल्लेख गरे।
६३ औं इन्जिनीयर दिवशका अवसरमा शनिबार नेपाल इन्जिनियर्स एशोसिएसनले ललितपुरमा गरेको कार्यक्रममा मन्त्री दाहालले दिगो, गुणस्तरीय र वातावरणमैत्री पूर्वाधारहरुको विकास गरिनु पर्नेमा जोड दिए।
नेपाली इन्जिनीयरहरुको वृति विकासका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको उल्लेख गर्दै नेपाली इन्जिनीयरहरुको क्षमताको अन्तर्राष्ट्रिय मान्ता दिलाउने प्रकृया समेत शुरु भई रहेको जानकारी गराए।
नेपाली इन्जिनीयरहरुले माग गर्दै आएको इन्जिनियरीङ् स्टाफ कलेज सञ्चालनका लागि मन्त्रालय सकारात्मक रहेकाले प्रकृया अर्थमन्त्रालय सम्म पुगेको मन्त्री दाहालले बताए।
उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एशोसिएसनको स्मारीका तथा जर्नलको बिमोचन समेत गरियो भने इन्जिनियरहरुको रोजगारी खोजी पहिचानमा सहयोग पुर्याउने पोर्टलको पनि शुभारम्भ गरियो।
कार्यक्रममा इन्जिनियरीङका विभिन्न विद्यामा उत्कष्ट ठहरिएका व्यक्तिहरुलाई पुरस्कृत गरिएको थियो।







डिसी नेपाल








Facebook Comment